काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफु लगायत सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै डा. भट्टराईले अस्ती प्रधानमन्त्री ओली जन्मदिन मनाउन पुग्नुभएको ताप्लेजुङको घर देख्दा त्यस्तो बुकुरो घरबाट अहिले काठमाडौंमा महल कसरी बनाउन सकियो भन्दै प्रन गरे, यस विषयमा छानबिन गरौं उनले भने ।
उनले थपे, ‘अर्काले दिएको चप्पल लगाउने हामी नेताहरु अहिले सुटबुट लगाएर कसरी चिल्लो कारमा हिँडेका छौं ? आफू लगायत सबैको सम्पति छानविन हुनुपर्ने उनको माग छ ।
संविधान संशोधनको चर्चा गर्दै भट्टराईले भने, कुनै एक व्यक्तिका लागि संविधान संशोधन गर्ने होईन, ‘कार्यकारी निर्वाचित राष्ट्रपति, समानुपातिक संसदका लागि संविधान संशोधन गरौं ।
तपाईको प्रतिक्रिया