योगीले रेल्वे उद्घाटन गर्ने कुरामा सत्यता छैन : मन्त्री महासेठ

राजनीति

11/26/2018

जनकपुरधाम, १० मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुरमा आयोजना हुने रामजानकी विवाहपञ्चमी महोत्सवका अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने र जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने कुरामा कुनै किसिमको सत्यता नरहेको मन्त्री महासेठले स्पष्ट पारेका छन् ।

मन्त्री महासेठले मुख्यमन्त्री योगीको जनकपुरको विशुद्ध धार्मिक भ्रमणमात्र हुने बताउँदै यही मङ्सिर २६ गते रेल्वेको उद्घाटनको कार्यक्रम नभएको प्रस्ट पारे ।

उनले भने, “रेल भारत सरकारसँग किन्नुपर्ने हो र भारत सरकारबाट यसका लागि मूल्य पनि पठाइसकेको छ, भारतले पठाएको मूल्य सरकारले स्वीकार गरेर पत्राचारसमेत गरिसकेको छ ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ