यथास्थितिमा स्ववियु निर्वाचन सम्भव छैन : महामन्त्री यादव

राजनीति

2/18/2019

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका महामन्त्री कपलेश्वर यादवले यथास्थितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसक्ने दाबी गरेका छन् ।

महामन्त्री यादवले मधेशवाणीसँग संक्षिप्त कुराकानी गर्दै स्ववियु निर्वाचन हुनभन्दा पहिला निर्वाचन प्रणालीबारे वृहत् बहस हुन जरुरी रहेको जिकिर गरेका छन् ।

‘समावेशी र आरक्षणको जुन सिट छुट्याइएको छ, त्यस विषयमा छलफल हुनुपर्ने हो’ महामन्त्री यादवले भने, ‘अर्को कुरा त्रिभुवन विश्वविद्यालय र संयुक्त विद्यार्थी संगठनको तर्फबाट पनि साझा धारणा आउनुपर्ने हो । तर त्यो पनि हुन सकेको छैन ।’

उनले सरकारले परिवर्तनलाई स्वीकार हुने गरी तत्काल मधेशी, आदिवासी जनजाति लगायतका विद्यार्थीहरुको समावेशिताको सवालमा साझारुपमा अगाडि बढ्नुपर्ने सुझाव दिएका हुन् ।

उनले यी सब विषयमा वर्तमान सरकार चुकेको आरोप लगाउँदै यथास्थितिमा स्ववियुको निर्वाचन हुन नसक्ने ठोकुवा गरेका हुन् ।

यसैगरी, विद्यार्थी आन्दोलनबाट सहमति भएका विद्यार्थीहरुका केही महत्वपूर्ण सवालमा धेरै कुराहरु पूरा हुन नसकेकोले तत्काल निर्वाचन असम्भव रहेको महामन्त्री यादवले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ