कपिलवस्तु, २९ पुस । संघीय र प्रदेशको निर्वाचनदेखि अस्तव्यस्त भएको ससफो को भातृ संगठनहरु अहिले चुस्तदुरुस्त रूपमा पुनः निर्माण भैरहेको छ ।
शनिबार महाराजगन्जमा गरिएको जिल्ला स्तरीय युवा भेला सर्बसम्मतीबाट मोहम्मद हइ खानको अध्यक्षतामा ४१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा उदयभान यादव र राम सुरेश यादव , सचिव सुनिल हरिजन, कोषाध्यक्ष महेन्द्र केवट लगायत ४१ सदस्य लाई छनोट गरिएको छ ।
भेलामा उपस्थित भएका युवाहरूलाई सम्बोधित गर्दै संघीयता र समाजबादको मुल्य मान्यता आत्मसात गर्दै अघि बढन अग्रह गरेका थिए भने प्रदेश प्रवक्ता तथा युवा नेता अकरम पठानले युवाहरूलाई सम्बोधन गर्ने क्रममा युवाहरु परिवर्तनका संवाहक तथा देशकै मेरुदण्ड भएकोले बिकास र परिवर्तन का लागि आवश्यक परेको बेला आक्रमक रुपमा समेत प्रस्तुत हुन आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया