राजेन्द्र महतोका स्वकीय सचिवद्वारा राजीनामा, आर्थिक हिनामिना गरेको आरोप

राजनीति

3/4/2019

काठमाडौं, १९ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद तथा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोका स्वकीय सचिव रविन्द्र कुमार चौधरी (राजेश)ले राजीनामा दिएका छन् ।

चौधरीले मधेश आन्दोलनको भावना र मर्म विपरीत सांसद, मन्त्री बनाउनेदेखि अनेकौ आर्थिक कृयाकलापमा संलग्न रहेको आरोप लगाएका छन् ।

उनले मधेशको माग पूरा बिना नै मन्त्री बन्न प्रयासरतको कारण मधेशको भावनामा कुठाराघात गरिरहेकोले आफूले महतोको स्वकीय सचिवबाट राजीनामा दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ