काठमाडौं, ५ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका चितवन जिल्ला अध्यक्ष एवं पूर्वमन्त्री सन्तकुमार चौधरीको निधन भएको छ ।
चौधरीको ८१ वर्षको उमेरमा निधन भएको राजपा नेपालले जनाएको छ ।
उनी समतावादी समाज निर्माण अभियानका अभियानी तथा कुशल संगठक थिए । उनको सादा, ईमानदारपूर्ण तथा निष्ठावादी राजनीतिक जिवनशैली राजपा नेपालका नेता कार्यकर्ताका लागि मार्गदर्शक सिद्धान्तको रुपमा स्थापित हुने विश्वास राजपाका महासचिव मनिष सुमनले व्यक्त गरेका छन् ।
महासचिव सुमनले एक शोक सन्देश जारी गरी ‘नेता संत कुमार चौधरी ज्यूका शोकसंतप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गदैकक राष्ट्रिय जनता पार्टी नेपाल, स्व. चौधरीको आत्माको शान्तिको कामना गर्दछ ।’ उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया