जनकपुरधाम, ९ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजीव झालाई भारतको दरभंगा र बेनीपटटीमा सम्मान गरिएको छ ।
मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा नेपाल र भारतका मैथिली भाषा, साहित्य, कला, संस्कतिका साथै राजनीतिसँग आबद्ध व्यक्तिलाई प्रत्येक वर्ष सम्मान गर्ने परम्परा रहेको छ ।
दरभंगामा विद्यापति सेवा संस्थान र वेनीपटटीमा मिथिलाञ्चल सर्वाङ्गिण संस्थानद्वारा महासचिव झालाई सम्मान गरिएको छ ।
संस्थानले दरभंगामा वैद्यनाथ चौधरी बैजुबाबूको नेतृत्वमा ४६ वर्षदेखि महाकविको स्मृतिपर्व लगातार गर्दै आएको छ । यसैगरी वेनीपटटीमा मिथिलाञ्चल सर्वा्ङ्गिण संस्थानद्वारा ३४ वर्षदेखि कार्यक्रम हुँदै आएको छ ।
सम्मान समारोहमा बोल्दै महासचिव झाले यसप्रकारको कार्यक्रमले नेपाल र भारत बीचको सम्बन्धमा बल पुग्ने उल्लेख गरे । नेपाल भारत बीच खुल्ला सीमा रोक्न दूवै देशकाइपीजी समूह सक्रिय रहेकोमा त्यसको आलोचना गर्दै कुनै शक्तिले सीमामा छेकबार गर्न नसक्ने चेतावनी दिए ।
तपाईको प्रतिक्रिया