जनकपुरधाम, १ पुस । राष्ट्रिय जनता पार्टी नेपाल निकट विद्यार्थीहरुले जनकपुरधामस्थित श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब क्याम्पस)का प्रमुखलाई कालोमोसो दलेका छन् ।
विभिन्न मागहरु राख्दै आन्दोलन गर्दै आएका राजपा निकट विद्यार्थीहरुले आइतबार क्याम्पस प्रमुख विजयकुमार लाभलाई कार्यकक्षमै कालोमोसो दली थुनेका थिए ।
राजपा निकट राष्ट्रिय विद्यार्थी संघले १९ बुँदे माग राखी आन्दोनल गर्दै आएको थियो ।
तर, क्याम्पस प्रमुखले आफूहरुको मागप्रति कुनै वास्ता नगर्दा बाध्य भएर कालोमोसो दलेको विद्यार्थी संगठनका केन्द्रीय सचिव रञ्जित निष्पक्षले मधेशवाणीलाई बताए ।
क्याम्पसको खस्किँदो शैक्षिक अवस्था सुधार गर्न आग्रह गरिरहेको बेलामा प्रमुख लाभले उल्टै धम्काउँदै पढ्ने भए पढ नत्र अर्को क्याम्पसमा टिसी लिएर जानु भनेपछि उनलाई कालोमोसो दलिएको बताएका छन् ।
तपाईको प्रतिक्रिया