काठमाडौं, २८ असोज । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्यालयमा कार्यरत् सबै कर्मचारीहरुलाई अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले विदा गरेका छन् ।
संयोजक ठाकुरले कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई दशैंको तलब दिँदै भने, ‘तपाइँहरु राम्रोसँग दशैं मनाउनु, कार्यालयमा तपाइँहरुको आवश्यकता पर्यो भने बालाउँछौं ।’ भन्नुको मतलब अबदेखि कार्यालय नआउनु भन्दै विदा गरेका हुन् ।
केही कर्मचारीहरुले कार्यालयमा विभिन्न किसिमका आर्थिक अनियमितताहरु गरेकोले सबैलाई निकालिएको स्रोतको भनाई छ ।
राजपामा विभिन्न शीर्षकमा चरम आर्थिक अनियमितता भएको भन्दै पटक–पटक गुनासाहरु अध्यक्षमण्डल समक्ष आएका थिए ।
राजपा कार्यालयको चाबीहरु अध्यक्षमण्डलका संयोजक ठाकुरले आफूसँगै राखेका छन् ।
तपाईको प्रतिक्रिया