राजपाको संयोजकमा राजेन्द्र महतो (निर्णयसहित)

राजनीति

11/20/2018

काठमाडौं, ४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालको संयोजकमा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोलाई मनोनयन गरिएको छ ।

मंगलबार राजपा नेपालको अध्यक्षमण्डलको बसेको बैठकले यस्तो निर्णय गरेको नवनियुक्त संयोजक महतोले जनाएका छन् ।

पार्टीको विधान अनुसार अध्यक्षमण्डलको नेतृत्वलाई चक्रीय प्रणालीमा संचालित गर्न मंसिर ५ गते बुधबारदेखि राजपाको संयोजकमा महतोलाई मनोनित गरेको हो ।

साथै सो बैठकले ६ पार्टीबीच भएको एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय कार्य समितिको सूचिलाई आधिकारिक मान्दै यसपछि पार्टी संगठनमा भएका सबै प्रकारका नियुक्ति÷मनोनयनलाई रद्द गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ