राजपाद्वारा दुःख व्यक्त

राजनीति

2/17/2019

काठमाडौं, ४ फागुन । छिमेकी मित्रराष्ट्र भारतको काश्मीरको पुलुवामा बिहीबार भारतीय प्रहरीका अनुसार विस्फोटक पदार्थ राखिएको कारले भारतीय अर्धसैन्य बलका जवान सवार गाडीलाई ठक्कर दिइ ४६ जनाको ज्यान जाने गरी गराइएको अमानवीय कार्य प्रति राजपा नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।

राजपाका संयोजक महेन्द्र राय यादवले एक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका हुन् । मृतकप्रति हार्दिक श्रधाञ्जली व्यक्त गर्दै उनीहरुको परिवारप्रति हार्दिक संवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थय लाभको कामना गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ