राजपाभित्र खुट्टा तानातानको अवस्थाले एकताको कुरा अगाडि बढ्न सकेको छैन : उपेन्द्र यादव

राजनीति

12/30/2018

वीरगञ्ज, १५ पुस । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजपासँग एकताको कुरा अहिलेसम्म अगाडि बढ्न नसकेको बताएका छन् ।

संघीय प्रेस फोरम पर्साले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले सो कुरा बताएका हुन् ।

उनले राजपाको समस्या भनेको छ जना अध्यक्ष भएकाले एकरुपताको निर्णय गर्न नसकिरहेको धारणा राखे । उनले खुट्टा तानातानको अवस्था रहेकाले एकताको कुरा अगाडि बढ्न नसकेको बताएका हुन् ।

एक फरक प्रसङ्गमा उपप्रधानमन्त्री यादवले जनकपुरप्रति विभेद् नगरी वीरगञ्जलाई विकसित शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्यमन्त्री यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको समेत बताए ।

उनले प्रदेश सरकारमार्फत स्थानीय तहलाई प्रादेशिक क्षेत्रको आधारमा विकास गरी अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै प्रदेश सरकार केन्द्रीय सरकारमाथि परनिर्भरता नभएर प्रदेशलाई आफैँ आत्मनिर्भर बनाउनु आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ