काठमाडौं, ४ माघ । राष्ट्रिय जनता पार्टी नेपालले मधेशी शहीदरहरुको सम्झनामा माघ ५ अर्थात् बलिदानी दिवस मनाउने भएको छ ।
बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालय मधेश भवनमा शनिबार बलिदानी दिवस मनाउन लागेको हो ।
राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले एक विज्ञप्ति जारी पार्टीका समस्त नेता तथा कार्यकर्ताहरुलाई बलिदानी दिवसमा सहभागी हुन अनुरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया