राजपाले विधान संशोधन गर्यो (संशोधित धाराहरुसहित)

राजनीति

5/19/2019

काठमाडौं, ५ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो विधानका विभिन्न धाराहरु संशोधन गरेको छ ।

राजपा नेपालका संयोजक शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न धाराहरुका उपधाराहरु संशोधन गरेको हो । राजपाले महाधिवेशनपछि अध्यक्षमण्डल प्रणाली हटाएको हो ।

धारा ३१(१२) मा यसअघि महाधिवेशन पछि पनि अध्यक्षमण्डलको व्यवस्था रहेकोमा अबउपरान्त महाधिवेशन पछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालिमा अगाडी बढ्ने व्यवस्था गरिएको छ ।

हाल पार्टीको अध्यक्षमण्डलको संयोजक चक्रिय प्रणालीअनुसार परिवर्तन हुने प्रावधानअनुसार सोमबारदेखि लागू हुने गरी अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा राजपा नेपालको संयोजक हुने निर्णयसमेत गरिएको छ ।

राजपा विधानको संशोधित अंशः

१. राष्ट्रिय जनतापार्टी नेपालको विधान २०७४ को धारा २७बमोजिमनिम्नधारा÷उपधाराहरुमा संशोधनगरिएको छ ।

 (क) धारा ७(२) (क) मा यस अघि वडा समितिकानिर्वाचित सदस्य, पदाधिकारी तथा वडाबाट निर्वाचितअन्य डेलिगेट्स हरुले सक्रिय सदस्यतालिनु पर्ने व्यवस्था नरहेकोमाअबउपरान्त वडा तहबाट निर्वाचित सदस्य, पदाधिकारी तथा डेलिगेट्सहरुले निर्वाचितहुन साथ पद तथागोपनीयताको सपथलिनु अघि सक्रिय सदस्यताको फारम भर्न अनिर्वाय गरिएको छ । 

(ख) धारा १०(ङ) मा यस अघि कुनै पनितल्लो तहकानिर्वाचित सदस्य, पदाधिकारीहरुलाई माथिल्लो तहमाउम्मेदवारी दिदाआफ्नो तल्लो तहको पदबाट राजिनामादिनु पर्ने व्यवस्था नरहेकोमाअबउपरान्त राजिनामादिनु अनिर्वाय गरिएको छ । 

(ग) धारा ३१(७) मा यस अघि पार्टीको कुनै पनितहवा स्तरमा समितिहरु बनाउदा राजपा नेपालमाएकीकृत ६ वटै दलको सम्बन्धित स्तरकाकार्य समितिमाआपसि सहमतिको आधारमामात्रै गठन गर्ने प्रावधान रहेकोमा यो उपधारा हटाईएको छ । 

(घ) धारा ३१(१०) मा यस अघि पार्टीको महाधिवेशन २ वर्ष भित्रगरिनेछ भनिएकोमाअहिले समयावधि बढाएर ३ वर्ष भित्रगरिने भनिएको छ । 

(ङ) धारा ३१(१२) मा यस अघि महाधिवेशन पछि पनिअध्यक्ष मण्डलको व्यवस्था रहेकोमाअबउपरान्तमहाधिवेशन पछिअध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालिमा अगाडी बढने व्यवस्थागरिएको छ । 

(च) यस अघि संक्षिप्तविधानमानिर्वाचित सदस्य, पदाधिकारीहरुको लागि सपथ ग्रहणको व्यवस्था छुट्न गएकोमा अनुसूची ४ मा सपथ ग्रहणको व्यवस्थागरिएको छ । 

२. पार्टीको अध्यक्ष मण्डलको संयोजकचक्रिय प्रणाली अनुसार परिवर्तन हुने प्राबधानअनुसार भोलीमिति २०७६–०२–०६ गते देखि लागु हुने गरी मा. श्री अनिलकुमार झा राजपा नेपालको संयोजकहुने निर्णय गरिएको छ । 

...............................

मा. शरत्सिंह भण्डारी

संयोजक

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ