राजपासँगको सहकार्य विश्वासिलो र सुदृढ सुरुवात : उपप्रधानमन्त्री पोखरेल

राजनीति

1/26/2020

काठमाडौं, १२ माघ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा र राजपा नेपालबीचको सहकार्य राम्रो सुरुआत भएको बताएका छन् ।

महोत्तरीको बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिलाई बधाइ ज्ञापन गर्दै उनले राजपासँगको सहकार्यले निर्वाचनमा राम्रो परिणाम आएको बताए ।

‘राष्ट्रियसभा निर्वाचनमा दुवै दलको आवश्यकताले हामीबीच सहकार्य भयो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘अब मुलुकको समृद्धि अभियान अघि बढाउन यो सहकार्य अझ विश्वासिलो र सुदृढ बन्नु पर्दछ ।’

नेकपाबाट राष्ट्रियसभामा निर्वाचित तुलसा दाहाल र राधेश्याम पासवानले जनअधिकार र जनचासोका केन्द्रित रहने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ