राजपा अध्यक्षमण्डलले जारी गर्यो सर्कुलर, असोज ३ गते ‘ब्ल्याकआउट’ गर्ने (निर्देशनसहित)

राजनीति

9/16/2018

काठमाडौं, २६ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलीय बैठकले ११ बुँदे सर्कुलर जारी गर्दै असोज ३ गते संविधान दिवसको विरोधमा मधेशमा ब्ल्याक आउट गर्न निर्देशन दिएको छ ।

असोज ३ गते मधेश विरोधी संविधान जारी गरिएकोले दिउँसो विरोध प्रदर्शन र विरोध सभा गर्ने, साँझ ७ बजेदेखि ७ः१५ सम्म ब्ल्याक आउट गर्ने र विरोधका अन्य कार्यक्रमहरु जिल्ला नेताहरु आफैले तय गर्ने अध्यक्षमण्डलको बैठकले निर्देशन गरेको हो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ