राकेश यादव, ३१ भाद्र । राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले आसोज ३ गते बृहद विरोध प्रदर्शन र ब्लायक आउट गर्ने निर्णय गरेको छ ।
आइतबार राजपा जिल्ला समितिको बसेको बैठकले आसोज ३ गते जारी गरिएको संविधान आफैमा विभेदपूर्ण, अपूर्ण, मधेशी, जनजाति आदिवासी, मुस्लिम, महिला, सिमान्तकृत वर्गको अधिकार कुंठित गर्ने सर्वस्वीकार्य नरहेको ठहर गर्दै मधेशी जनताको रगतले लतपतिएको संविधानको विरोधमा कालो दिवस मनाउन पार्टी कार्यकर्ता, भातृ संघ संगठनलाई निर्देशन दिएको छ ।
जिल्ला संयोजक शेख जमशैदद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा ३ गते बेलुकी ७ बजेदेखि ७ बजेर १५ मिनटसम्म बति निभाएर कालो दिवस मनाउंन सबैसँग अनुरोध गरिएको छ । उत्पीडनमा परेका समुदायको हकÞ अधिकार संविधानमा समावेश नगरेसम्म मधेशी जनताले संविधान दिवस नमनाउने विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया