राजपा विद्यार्थी संगठनको एकाई कमिटी गठन

राजनीति

9/16/2018

वीरगन्ज, २१ भाद्र । राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले वीरगंजमा अवस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा एकाइ कमिटि गठन गरेको छ ।

पार्टीका महासचिव राजेशमान सिंहको प्रमुख आतिथ्य तथा रा.वि.संघको जिल्ला अध्यक्ष मधुसुधन चौरसियाको अध्यक्क्षतामा भएको विद्यार्थी भेलाबाट अमित यादवको अध्यक्षतामा २७ सदस्यीय एकाई कमिटि गठन गरिको रा.बि.संघका केन्द्रिय महासचिव रंजित निस्पक्षले जनाएका छन् ।

एकाइ कमिटिको उपाध्यक्षमा अफराज आलम, राम सुन्दर पण्डित, दिपक राउत, अमित यादव सचिवमा सागिर अलि, सहसचिवमा गौरीशंकर यादव, कोशाध्यक्षमा रिंकी राय रहेका छन् । यसैगरी सदस्यहरूमा रूपेश चौरसिया, श्याम सिन्हा, बिक्रम यादव, उपेन्द्र मुखिया, बिबेक झा, गोविन्द यादवलगायतका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ