राज्यमन्त्री यादवले भने, ‘एक महिनापछि कर्मचारी भर्ना गर्छौं’

राजनीति

10/28/2018

राकेश यादव, रौतहट, १० कार्तिक । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघीय सरकारलाई खुल्ला रुपमा चुनौती दिँदै एक महिनाभित्र कर्मचारी नदिएमा प्रदेश सरकारले आफ्नो प्रहरी र कर्मचारी भर्ना गर्ने ठोकूवा गरेका छन् ।

रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलबामा संघीय समाजवादी फोरम नेपाल वडा कमिटीले शनिबार आयोजना गरेको शुभ दीपावली र छठको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै राज्यमन्त्री यादवले संघीय सरकारले प्रदेश सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले भने, ‘प्रदेश सरकार अहिले विस्तारै विस्तारै आफ्नो खुट्टा टेक्दै अघि बढिरहेका छन् ।’

संघीय सरकारले संविधान अनुसार कार्य नगरेको र सोही अनुसार प्रदेश सरकार प्रहरी येन ल्याए पछि थ्रेटिंग गर्ने गरेको टिप्पणी गरे । ५ हजार कर्मचारी १ महीना भित्रमा संघले पठाएन भने करारमा भर्ना खोलेर कर्मचारी भर्ना गर्ने र सरकार सञ्चालन गर्ने बताएका छन् ।

बलियो सरकार बनाउनको लागि प्रदेश सरकार अघि बढ़ी रहेको बताए । राज्य मन्त्री यादवले केन्द्र सरकारका मन्त्री कति पटक रौतहटमा आए प्रश्न गर्दै यादवले लालबकैया नदीमा भएको डूंगा दुर्घटना र चंद्रपुरमा भएको तेजाब घटनामा प्रदेश सरकार आएर तुरुन्तै राहत उपलब्ध गराएको जिकिर समेत गरे ।

प्रदेश सरकार मधेश आन्दोलनका शहीदको लागि आवशयक सहयोग गर्ने रणनीति योजना ल्याउने सोच बनाएको बताउँदै तत्काल परिवारलाई राहत पुग्ने उदेश्यले दुधालु पशु दिइने जानकारी गराए । राज्य मन्त्री यादवले राजदेवी नगरपालिकामा फोरम राजपाको बहुमत रहेकोले विकास र कार्यकर्त्ता तथा संगठन मजबुतीको लागि एक धिक्का भएर अघि बढ्नु पर्ने सुझाव दिए ।

मधेश आन्दोलन को कारन मधेशवादी पार्टीको सरकार रहेकोले मधेशी जनताको भावना विपरीत काम नगर्न निर्वा्चित जनप्रतिनिधिलाइ आग्रह गरे । प्रदेश सांसद बाबूलाल साह जनताले निर्वा्चित जनप्रतिनिधिको खवरदारी गर्नु पर्ने बताए ।

मत दिने जनता सर्वोपरि रहेकोले आफ्नो प्रतिनिधिको निगरानी गर्नु पर्ने उहाको कथन रहेको छ । जनप्रतिनिधिले बेईमानी गरे जनताले उंगली उठाउनु पर्छ भने सांसद साहले संघीयता माथि संकट आउने खतरा रहेकोले सतर्क हुनु जरुरी रहेको छ ।

संघले सिंह दरवार गाउ गाउमा दिएको भने पनि सिंह आयो दरवार कता हारयो भने कटाक्ष गरे । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका नेता रामेश्वर यादवले बहुमतको दुरूपयोग नगरी सदुपयोग गर्नु पर्ने धरना राखे ।

राजदेवी नगरपालिकाको विकास को लागि चालू आर्थिक वर्षमा होसियार भएर जानू पर्ने र नगए मधेशी जनता नछोड़ने चेतावनी दिए । कृष्णंदन प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम संपन्न भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ