राकेश यादव, रौतहट, २६ असोज । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा दलितहरुको जिल्ला भेला सदरमुकाम गौरमा सम्पन्न भएको छ ।
पार्टीको केन्द्रीय महाधिवेशनको तयारीका लागि भातृ संगठनको विधिवत स्थापित गर्ने उद्देश्यले भेला बोलाइएको थियो ।
राष्ट्रिय सभा सदस्य रामप्रीत पासवानको प्रमुख आतिथ्यमा भएको जिल्ला भेलाबाट रामप्रवेश बैठाको संयोजकत्वमा ५१ सदस्यीय समाजवादी दलित फोरमको जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
सर्वसहमतिबाट गठन गरिएको समितिको उपाध्यक्षमा गिरधारी माली, सुव्वा पासवान, विन्दा बैठा, सचिवमा उदयनन्द राम, सहसचिवमा राम कलेवर राम, कोषाध्यक्षमा लालवती देवी माझी छनौट भएका छन् ।
सदस्यहरुमा नन्दू राम, रामकिशोर दास, प्रकाश पासवान, प्रसाद बैठा, सुवास राम, सुनीता देवी, रामजस राम, चंपा देवी, विक्रम राम, सत्य नारायण राम, सुरेश राम, सुरेन्द्र पासवान, कैलास पासवान, आश नारायण बैठा सहितका व्यक्ति रहेको जिल्ला सचिव जयराम महतोले जानकारी दिएका छन् ।
जिल्ला उपाध्यक्ष श्याम विहारी यादवको सभापतित्वमा सम्पन्न भएको उदघाटन सत्रमा प्रदेश सांसद रामकिशोर महतो, पूर्वसांसद बबन सिंह, प्रदेश सदस्य बृज किशोर यादव, गरुडा नगरपालिकाका प्रमुख इन्नु राय यादव, माधव नारायण नगरपालिकाका प्रमुख वीरेन्द्र प्रसाद यादव, शिक्षक फोरमका केन्द्रीय सदस्य चुल्हाई राय यादव, जिल्ला अध्यक्ष कामेश्वर यादव, विद्याथी फोरमका प्रकाश भाई मधेशिया, महिला फोरमका जिल्ला अध्यक्ष शोभा देवी साहले शुभकामना मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया