रामनगर गोलीकाण्डका मृतक परिवारलाई सरकारले १० लाख दिने, कांग्रेसको आन्दोलन स्थगित

राजनीति

11/4/2018

काठमाडौं, १८ कार्तिक । सर्लाहीको रामनगर गाउँपालिकामा नेकपा र नेपाली कांग्रेसबीच झडप हुँदा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ र घाइतेहरुको उपचार खर्च नेपाल सरकारले दिने निर्णय गरेको छ ।

झडपमा नेकपाका नेताले गोली चलाउँदा कांग्रेसको रामनगरका कार्यकर्ताको मृत्यु भएको थियो । कांग्रेसले मृतकलाई शहीद घोषणा, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेहरुको उपचार र दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै शव बुझेको थिएन ।

सरकारले मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र घाइतेहरुको उपचार गरिदिने निर्णय गरेकोले हाललाई आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको र मृतकको अन्तिम संस्कार गर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।

बाँकी मागका लागि छठपछि थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने कांग्रेसका सर्लाही जिल्ला सभापति नागेन्द्र कुमारले विज्ञप्तिमार्फत जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ