जनकपुरधाम, २६ कार्तिक । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन् ।
सोमबार रामानन्द चौकमा नेवि संघ धनुषामा आबद्ध विद्यार्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका छन् ।
नेविसंघका विद्यार्थीहरुले केपी ओली मुर्दावाद, हत्यारा सरकार मुर्दावाद, बलात्कारी सरकार मुर्दावाद, दमन गर्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए ।
यसैगरी, पुतला दहन गर्दैगर्दा प्रहरीले नेविसंघका नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो ।
नेविसंघका सुजित मिश्रा, नवनित झा, घनश्याम झा राजु, सुनिल सुमन, नवीन यादव तरुण दलका भरत साहलगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया