राम मनोहरको मृत्युको कारण रोग होइन, प्रतिशोध हो : गठबन्धन (विज्ञप्तिसहित)

राजनीति

9/24/2018

काठमाडौं, ८ असोज । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवको हत्या भएको आरोप स्वतन्त्र मधेश गठबन्धनले लगाएको छ । राम मनोहरको मृत्यु कारण रोग नभई जानी जानी मारेको गठबन्धनको ठहर छ ।

गठबन्धनले सोमबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएको हो । प्रहरीले यसअघि पनि राम मनोहर लगायतका नेता कार्यकर्ताहरुलाई ज्यान मार्ने लगायतका धम्की दिँदै आएको गठबन्धनले खुलासा गरेको छ ।

पत्रकार सम्मेलनमा गठबन्धनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसभन्दा अगाडि, २०७२ साल चैत्र ६ गते नेपालगन्जको महेन्द्रपार्कबाट समातेर यादवसहित ८ जनामाथि नेपाल सरकारले राज्यविप्लवको मुद्दा चलाएको थियो । सो मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले २०७४ साल फाल्गुण ३ गते सफाई दिएको थियो । २०७३ साल मंसिर १० गते पनि स्वतन्त्र मधेश गठबन्धनले नेपालगन्जमा आयोजना गरेको ‘रंगभेदी दिवस’ को अवसरमा यादवलाई नेपाल प्रहरीले गिरफ्तार गरी मंसिर १२ गते मात्रै छोडेको थियो । त्यसैगरी, २०७४ साल आषाढढ २ गते पनि स्थानीय निर्वाचन अगाडि ‘नो भोट’ को प्रचार प्रसार गरेको आशंकामा यादवलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सो मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा आषाढ १९ गते यादवलाई रिहा गरिएको थियो ।’

सुरक्षा निकायबाट नै ज्यान मार्ने धम्की आउन थालेपछि राष्ट्रिय मानव अधिकार आयोग लगायतका मानवअधिकारवादी संघसंस्थाहरुलाई ज्यान रक्षाका लागि ज्ञापनपत्रसमेत बुझाएको गठबन्धनले जनाएको छ ।

यादवका तीन जना नाबालिग छोराछोरी छन् । प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवलाई शहीद घोषणा गर्नुपर्ने, यादवको परिवारलाई क्षतिपूर्ति दिनुका साथै उनका बच्चाहरुको भविष्य राज्यले सुरक्षित गर्नुपर्ने, बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक सहित संलग्न दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने माग गठबन्धनले नेपाल सरकारसमक्ष राखेको छ ।

पत्रकार सम्मेलनमा गठबन्धनका नेता जासर यादवले राम मनोहरको न्यायका लागि गठबन्धनले अब चरण्बद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । उनले राम मनोहरको शवलाई आफूहरुलाई कुनै जानकारी नै नदिई भित्रभित्रै पोष्टमार्टम गरेको र अहिलेसम्म पोष्टमार्टमको रिपोर्ट पनि बाहिर नल्याएको बताएका छन् ।

‘प्रहरीले पोष्टमार्टमको रिपोर्ट सार्वजनिक नगर्नु र पोष्टमार्टमको प्रक्रियामा सम्बन्धित व्यक्तिलाई समेत जानकारी नगराउनुले राम मनोहरको हत्या नै भएको हाम्रो ठहर छ’, नेता यादवले दाबी गरेका छन् ।

साथै, नेता यादवले राम मनोहरको गृहजिल्ला बाँकेको नेपालगन्जमा मंगलबारदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणासमेत गरेका छन् ।

मिति : २०७५।०६।०८
प्रेस विज्ञप्ति

भदौ ७ गते बर्दिया जिल्लाको सामन्वय समितिको सभाहलमा नेपाल सरकारको उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्रीको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम सुन्नमा आउंदा राम मनोहर सहित स्वराज समर्थकहरु सभाहलमा प्रवेशभएको खबर सुन्नासाथ आयोजकहरुमा आफैं हलचलजस्तो भयो । उपप्रधान उपेन्द्र यादव सभाहलमा प्रवेशको समयमा आयोजकहरु राममनोहर सहितका साथिहरुलाई प्रहरीको जिम्मा लगाईयो । त्यो खबर बाहिर सुन्नासाथ बाहिर उपेन्द्र यादवलाई कालोझण्डा दिखाई विरोध सुरु भयो । हिरासतमा पुगेका साथीहरुलाई भेटन जिल्ला प्रशासन कार्यालयमा दिएन ।

हिरासतमा भएका राम मनोहर यादव, ईरफान अहमद शेष, राजित राम वर्मा र हरपाल सिंह शिखलाई सुरुमा सार्वजनिक अपराध कसुरको पक्राउ पुर्जी दिन थालियो । हामी के अपराध गरेका छौं भनेर झिकझिक गरिँदा, अनुसन्धानको पुर्जी दियो पछि राती ७ बजे तिर त्यो पुर्जी समेत वापस गरि राज्यविरुद्ध कसुर अपराधको पुर्जी दियो र मुद्दासमेत चलाइयो । भित्र हिरासतमा १२, १३ गतेको समयमा राम मनोहर यादवको टाउको दुखियो । ज्वरोसमेत हुँदा प्रहरीलाई भन्दा सामान्य कुरा हो, गर्मीको कारणले होला भनी टालटुल पारियो । सोधपुच्छका लागि बाहिर लग्दा गोली मार्ने, सुट गराउने, हातहतियारको केसमा फसाईदिने जस्ता तर्साउने कुरा गरि मानसिक तनाव उत्पन्न हुने धम्की सोधपुच्छमा दियो । त्यसले मनोहरको झन् मानसिक तनाव भयो । १४ गते विहान ५ बजेको आसपासमा अचानक झन टाउको दुख्न थालियो । प्रहरीलाई गुहार्दा अहिले सलामीको समय भनेर टालियो पछि ६ः३० बजेतिर मात्र गाडीमा हाली मनोहरलाई बर्दिया जिल्ला अस्पताल लगियो । त्यहाँबाट रिफर गरि भेरी अंचल अस्पताल नेपालगन्ज बाकें लगियो त्यां डाक्टरले १ घण्टा भित्र आईसियूमा राख्न र ऐमआरआई गर्नुपर्छ भने तर १५ घण्टा पछि मात्र नेपालगन्ज मेडिकल कलेजमा राखियो तबसम्म मनोहरको अवस्था नाजुक भइसकेको थियो । त्यसपछि प्रहरीले कागजमा हस्ताक्षर नगरे औषधी नचलाउने बखेडा गरियो यो क्रम राती १० बजेसम्म भयो । तबसम्म झन् विगडी सकेको थियो । हामी थप उपचारका लागि अन्य ठाउँमा जानुपर्छ भन्दा उल्टै प्रहरीले धम्क्याउने कार्य गरियो फलस्वरुप अर्काेदिन १५ गते दिउँसो एम्बुलेन्समा १२ बजे काठमाडौं लगियो । राती १ः१० बजे मुग्लिनको आसपासमा उहांको मृत्युु भईसकेको थियो । औपचारिकताका लागि मात्र काठमाडौं लगिएको थियो ।
पछि १६ गते श्राद्धाजंलीका लागि एउटा पासकार्ड र मैनबत्ती जलाउँदा केदार नाथ बर्मा र प्रवक्ता अब्दुल खानलाई समेत देशविरुद्ध कसुर अपराधमा बाँके जिल्लामा मुद्दा चलाइयो । बाँके बर्दियामा थुनामा रहेको थुनुवाका लागि बन्दी प्रत्यक्षीकरण रिट १९ गते खारिज गरियो २५ गते बर्दिया जिल्ला अदालतबाट साधारण तारिखमा ईरफान शेष, राजित राम वर्मा र हरपाल सिंह सिख रिहा भएका थिए । बाँके जिल्ला अदालतबाट केदार नाथ बर्मा २८ गते रिहा भयो साधारण तारिखमा, अब्दुल खानको थुनछेक हुन बाँकी छ । मृतक राम मनोहरको जाहेरी बर्दिया र बाँके जिप्रकामा दिँदा लिएनन् । पछि हुलाक मार्फत बर्दिया जिप्रकालाई पठाइयो अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । बाँके जिल्ला प्रमुख अधिकारी मार्फत प्रधानमन्त्रीलाई २४ गते ज्ञापनपत्र दियो ।
भादौ १५ गते राती राम मनोहरको मृत्यु पश्चात बिहान हामी सनिबार १६ गते टिचिङ होसपिटल पुगे त्यहाँ पुग्दा लास त्यतिकै लाबारिश अवस्थामा राखेको थियो । हामी चिकित्सकलाई सोधपुछ गर्दा आज बिदा हो भन्न थालियो । हामीले आहिले नै पोसमार्ट्म गर्नुपर्ने हो भने तर यो हुँदै हुँदैन किनकि हामीलाई पुलिसको पत्र आउनु पर्छ त्यसपछि १६ गतेका दिन त्यतिकै गयो । तर हामी धेरै गुहार्दा लासलाई दिनको ३ बजे व्यवस्तिथ गर्नु भो उहाँहरुले ।
त्यसपश्चात १७ गते हामी बिहान फेरि ८ बजे टिचिङ गए, त्यहाँ सोधपुछ गर्दा घरको एक जना सदस्य हुनुपर्छ भन्नुभो । त्यो दिन १२ बजे राम मनोहरको भाई बिष्णु यादव मलेसियाबाट काठमाडौं आइ पुगियो । हामी चिकित्सक कहाँ गयौं वहाँबाट पुलिस कहाँ पठाउनु भो त्यसपछि हामी महाराजगन्ज पुलिस चौकी गए । त्यहाँ उनीहरुले आफ्नो जाहेरी दिनु भो अनि उहाँहरुले यसमा हस्ताक्षर गर्न भन्नु भो । तर हामीलाई पढ्नु पर्छ अनि मात्रै हस्ताक्षर गर्छु भन,े तर उहाँहरुले पढ्न दिनु भएन अनि उहाँहरुले यो हस्ताक्षर गर्नु भएन भने पोस्टमार्टम हुँदैन भन्नु भो । फेरि हामी आफ्नो जाहेरी लिएर महाराजगन्ज आफ्नो जाहेरी लिएर गयौं तर उहाँहरु लिन मानु भएन । फेरि १८ गते हामी पुलिस हेड ओफिस गयौं । त्यहाँ आफ्नो सबै कुरा राखे तर उहाँले पनि जाहेरी लिनु भएन अनि हामी निरास भएर फर्कनु प¥यो । त्यसपश्चात हामी मृतकका भाईलाई घर पाठाइदियौं । हामीले १६ गतेदेखि लगातार काठमाडौंको माइतीघर मण्डलमा बेलुका ५ः३० देखि ६ बजेसम्म धरना दिँदै आएका छौं । तर आहिलेसम्म सरकारको तर्फबाट केही प्रतिक्रिया न आएकोमा हामी पीडित परिवार झन् पीडित हुँदै गयौं ।
यसभन्दा अगाडि, २०७२ साल चैत्र ६ गते नेपालगन्जको महेन्द्रपार्कबाट समातेर यादवसहित ८ जनामाथि नेपाल सरकारले राज्यविप्लवको मुद्दा चलाएको थियो । सो मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले २०७४ साल फाल्गुण ३ गते सफाई दिएको थियो । २०७३ साल मंसिर १० गते पनि स्वतन्त्र मधेश गठबन्धनले नेपालगन्जमा आयोजना गरेको ‘रंगभेदी दिवस’ को अवसरमा यादवलाई नेपाल प्रहरीले गिरफ्तार गरी मंसिर १२ गते मात्रै छोडेको थियो । त्यसैगरी, २०७४ साल आषाढढ २ गते पनि स्थानीय निर्वाचन अगाडि ‘नो भोट’ को प्रचार प्रसार गरेको आशंकामा यादवलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सो मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा आषाढ १९ गते यादवलाई रिहा गरिएको थियो ।
प्रहरीले बिना कसूर र आधार पटक–पटक पक्राउ गरी यातना तथा ज्यान मार्ने धम्की दिएको विषयमा २०७३ साल मंसिर १४ गते यादवसहित चारै जनाले नेपाल राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेरै ज्ञापनपत्र समेत दिएका थिए । त्यसैगरी, प्रहरीले हिरासतमा यातना दिएको कारण उनीहरुले बाँके जिल्ला प्रहरी विरुद्ध दर्ता गरेको यातना तथा क्षतिपूर्ति मुद्दासमेत बाँके जिल्ला अदालतमा विचाराधिन रहेको छ ।
यादवका तीन जना नाबालिग छोरा छोरी छन् । नेपाल प्रहरीको यस कुकृत्यको घोर निन्दा गर्दै गठबन्धन नेपाल सरकारसँग (१) प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवलाई शहीद घोषणा गर्नुपर्ने, (२) यादवको परिवारलाई क्षतिपूर्ति दिनुका साथै उनका बच्चाहरुको भविष्य राज्यले सुरक्षित गर्नुपर्ने, (३) बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक सहित संलग्न दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने माग राख्दछ । पीडितलाई न्याय दिलाउन सबै समक्ष अपील गर्दछौं ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ