राम मनोहरको मृत्युबारे उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

राजनीति

9/16/2018

काठमाडौं, २४ भाद्र । प्रहरी हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको मृत्युबारे छानबिन गर्न उच्चस्तरीय एवं अधिकार सम्पन्न न्यायिक समिति गठनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

राम मनोहरका भाईद्वय विष्णु यादव र राम कुमार यादव र साथी रियाज अन्सारीले आइतबार प्रमुख जिल्ला अधिकारी बाँकेमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा छानबिनपश्चात् दोषी ठहरिएका उपर हदैसम्मको कारबाही, स्व.राम मनोहर यादवको परिवारलाई उचित क्षतिपूर्ति तथा मृतकलाई शहीद घोषणा गर्न माग गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ