काठमाडौं, २९ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य लक्ष्मण लाल कर्णले बाँकेका राम मनोहर यादवको प्रहरी हिरासतमा भएको मृत्युबारे सरकारसँग जवाफ मागेको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमै सांसद कर्णले विरोध गर्दै सरकारसँग जवाफ मागेका हुन् । उनले घटनाबारे अध्ययन गर्न संसदले सर्वदलीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
उनले प्रश्न गरे, ‘प्रहरी हिरासतमै मान्छे मर्छ भने कसले सुरक्षा गर्छ ?’ प्रहरी हिरासतमा निर्मम कुटपिट भएकै कारण यादवको मृत्यु भएको भन्दै उनले घटनाबारे छानबिन गर्न संसदले सर्वदलीय समिति बनाउनुपर्ने माग गरेका छन् ।
तपाईको प्रतिक्रिया