राष्ट्रपतीय प्रणालीको विरोधमा मधेश उभिनु पर्दछ : सरिता गिरी

राजनीति

4/24/2020

काठमाडौं, १२ बैशाख । नवगठित जनता समाजवादी पार्टी नेपालकी नेतृ तथा प्रतिनिधिसभा सदस्य सरिता गिरीले राष्ट्रपतीय प्रणालीको विरोधमा मधेश उभिनुपर्ने धारणा राखेकी छन् ।

उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोष्ट गर्दै भनेकी छन्, ‘अब मधेश केन्द्रित जनता समाजवादी दल प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको एजेन्डालाई अस्वीकार गर्नु पर्दछ । सत्ता केन्द्रिकृत भएको अवस्थामा पहिलो प्रहार मधेश माथि नै भयो ।’

राष्ट्रपतीय प्रणालीमा कुनै मधेशी कहिल्यै राष्ट्रपति बन्न नसकने दाबी नेतृ गिरीले गरेकी छन् । ‘संसदीय प्रणलीमा निरंकुशताले टाउको उठाउन खोज्दा थाहा पाइन्छ । टाउको कुल्चिने उपाय पनि उपलब्ध हुन्छ ।’ उनले भनेकी छन् ।

‘राष्ट्रपतीय प्रणालीमा त्यस्तो हुंदैन र निरंकुशता जन्मिन्छ र संस्थागत हुन्छ ।’ उनले थपेकी छन्, ‘संसदीय प्रणालीमा मधेशी प्रधानमन्त्री पनि हुन सक्दछ ।’ नेपालमा लोकतन्त्र मधेशी मतदाता र दलहरुले नै बचाएको दाबी गरेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ