काठमाडौं, ७ चैत । राष्ट्रियसभा सदस्य बन्न आफूले कुनै पनि प्रकारको आर्थिक लेनदेन नगरेको राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंहले प्रष्ट पारेका छन् ।
बिहीबार केही अनलाइनहरुमा राष्ट्रियसभा सदस्य बन्नका लागि आर्थिक लेनदेन भएको टेलिफोन अडियो सार्वजनिक भएको थियो । सो टेलिफोनिक अडियो रेकर्ड गलत भएको राष्ट्रियसभा सदस्य सिंहले दाबी गरेका छन् ।
सांसद सिंहले शुक्रबार एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘पार्टी र मेरो चरित्र हत्या गर्ने र बदनाम गराउने ती व्यक्तिहरुलाई कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको व्यहोरा सबैलाई जानकारी गराउन चाहन्छु ।’
तपाईको प्रतिक्रिया