काठमाडौं, ७ फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ६९औं राष्ट्रिय प्रजातन्त्र दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
उनले १०४ वर्षे जहाँनिया निरंकुश राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यान आहूती दिने सम्पूर्ण शहिदहरुप्रति भावपूर्ण श्रद्दान्जली अर्पण समेत गरेका छन् ।
‘प्रजातन्त्रको लाभ आम नागरिकले प्राप्त गर्न सक्ने वातावरण श्रृजना गर्दै प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एवं समावेशी गराउन सबैले आफ्नो ठाउँबाट योगदान गर्न आह्वान गर्दै पुनः राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ को अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया