कपिलवस्तु, १ असोज । पूर्वसिचाई राज्यमन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले लोकतन्त्रको रक्षाकालागि बर्तमान अवस्थामा कांग्रेस एकबद्ध हुनु पर्ने बताएका छन् ।
नेपाली कागे्रस साविक क्षेत्र नं ३ ले तौलिहवामा राखेको क्षेत्रिय भेला तथा कार्यकर्ता भेलामा आर्चायले यस्तो बताएका हुन । दुई तिहाईको दम्भ देखाएर कम्निष्ट सरकारले कांग्रेसलाई दबाउन खोजको बेला त्यस बिरुद्ध सशक्त प्रतिकार गर्न कांग्रेसहरु एक ढिक्का हुनु पर्ने उनले बताएका छन् ।
साथै उनले कांग्रेस अब झन बलियो भएर आउने दाबी गरे । ‘कम्निष्ट सरकारबाट देश आक्रान्त छ यस्तो बेलामा कांग्रेसले जनताको मन जित्ने काम गर्नु पर्छ’ उनले भने ।
शान्ति सुरक्षाका बर्तमान सरकार असफल भएको र करका कारण जनता त्रसित भएकोले अब आउने ५ ब र्ष पछि फेरी कांग्रेसकै सरकार बन्ने उनले दाबी गरे ।
कांग्रेसका पुर्व जिल्ला सभापति राजशे आचार्यले राणा शासन, पंचायती ब्यवस्थामा समेत कांग्रेसले आफनो सशक्त भुमिका खेलेकोले अहिलेको सरकारले समेत कांग्रेसलाई केही गर्न नसक्ने बताए ।
तपाईको प्रतिक्रिया