वाइडबडीबारे खरिदमा भएको अनियमितता बारे विवेकशील साझाको ध्यानाकर्षण

राजनीति

1/3/2019

काठमाडौं, १९ पुस । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । यो समाचारप्रति आफ्नो गम्भीर ध्यानआकर्षण भएको विवेकशिल साझा पार्टीले प्रेस विज्ञप्ति जारी गरि जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ : संसदीय छानविन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल उनीहरूको कार्यभारबाट मुक्त गरि निष्पक्ष कानुनी र न्यायिक प्रक्रिया पारदर्शी रुपमा यथाशिघ्र अघि बढाउन नेपाल सरकारसंग विवेकशील साझा पार्टी जोडदार माग गर्दछ।

सार्वजनिक खरिद प्रक्रियामा बारम्बार यो तहको भ्रष्टाचार हुनुले हाम्रो राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको स्पष्ट रुपमा देखिन्छ। अझ भ्रष्टाचारलाई वैधता दिने गरी नीति र कानुनको तहमा जानिबुझि छिद्र राखेर गरिने कैयौं नीतिगत भ्रष्टाचारका विषय त सार्वजनिक समेत हुँदैनन् भन्दै साझा पार्टीले आक्रोश समेत व्यक्त गरेको छ ।

अगाडि उल्लेख छ : राजनीतिलाई राज्य दोहनको माध्यम बनाउने पारम्पारिक राजनीतिक अभ्यास नै यो समस्याको मुल कारण हो। यो विकृतिलाई जरैदेखि उखेल्न आमजनता, नागरिक समाज, राजनीतिक दल लगायत समग्र समाजले आ(आफ्नो ठाउँबाट गंभिर र सार्थक पहल गर्नका लागि हाम्रो पार्टी आह्वान गर्दँछ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ