काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य डा.अमरेश कुमार सिंहले वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समिति गठन गरी छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले सरकारले दुईवटा वाइडबडी विमान खरीद गर्दा सार्वजनिक खरीद ऐन र नियमावलीका प्रावधानको पालना नगरेको आरोप लगाएका हुन् ।
उनले वाइडबडी विमान खरिद गर्दा सम्झौता भएको कम्पनी एक महीनापछि मात्र दर्ता भएको प्रमाण फेला परेकाले संसदीय समिति गठन गरी छानबिन गर्न माग गरेका हुन् ।
तपाईको प्रतिक्रिया