विकासको जिम्मा मलाई दिनुहोस् : प्रधानमन्त्री

राजनीति

2/20/2019

डडेलधुरा, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको जिम्मा आफूले लिने बताएका छन् ।

डडेलधुराको स्याउलेमा नेपाल विद्युत प्राधिकरणको स्याउले १२३/३३/११ केभीको सबस्टेसनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला निर्माण सुरु भएको यो केन्द्रले यस क्षेत्रमा विद्युत वितरण र व्यवस्थापन गर्ने बताएका छन् ।

“अब डडेलधुराबासीले चिन्ता लिनु पर्दैन, विकासको जिम्मा मेरो भयो” प्रधानमन्त्री ओलीले भने “तपाईहरुको आवश्यकता के के छन् माननीयहरु मार्फत पठाउनुहोस् । पुरा गर्ने जिम्मा मेरो भयो ।”

प्रधानमन्त्री ओलीले पश्चिम सेती परियोजना जसरी निर्माण हुने बताएका छन् । “म प्रधानमन्त्री हुँदाहुँदै पश्चिम सेती निर्माण हुन्छ ” प्रधानमन्त्री ओलीले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ