विद्यार्थी फोरमको जिल्ला अधिवेशन सम्पन्न

राजनीति

9/19/2018

राकेश यादव, रौतहट, ३ असोज । संघीय समाजवादी विद्यार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको प्रथम जिल्ला अधिवेशन सदरमुकाम गौरमा मंगलवार सम्पन्न भएको छ । केन्द्रीय सदस्य रेवन्त झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनबाट २१ सदस्यीय जिल्ला कार्य समितिको गठन गरिएको छ ।

सर्वसहमतिबाट गठित समितिको अध्यक्षमा धर्मेन्द्र कुमार यादव, उपाध्यक्षद्वय दीपक राज पटेल, अभय कुमार यादव, सचिव रोबिन महतो, कोषाध्यक्ष दीपेन्द्र यादव, सदस्यहरु अर्जुन यादव, राजू यादव, संतोष महतो, नीरज झा, नविन कुमार यादव, विगन कुमार महतो, भूपेन्द्र कुशवाहा, राजन साह रहेका छन् ।

प्रकाश भाई मधेशियाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य झा विद्यार्थी संगठन बलियो नभएमा पार्टी बलियो नहुने बताएका छन् । पार्टीका जगको रुपमा विद्यार्थी संगठन रहेकोले संगठनको विस्तार गर्न नयाँ कार्यसमितिलाई सुझाव दिएका छन् ।

प्रदेश सांसद रामकिशोर यादवले विद्यार्थी संगठनमा संख्यात्मक रुपमा वृद्धि गर्नु आजको आवश्यकता भएको औल्याए । उनले भने, भोलीको भविष्य विद्यार्थीको काँधमा रहेकोले राजनीतिक क्षेत्रमा सक्रिय सहभागिताका लागि आह्वान गरे ।

कार्यक्रममा जिल्ला उपाध्यक्ष श्याम विहारी यादव, महिला फोरमका अध्यक्ष शोभा देवी साह, जिल्ला सचिव जयराम महतो, गौर नगरपालिकाका उपमेयर प्रत्यासी अमरूल हकÞ, संघीय प्रेस फोरम नेपाल प्रदेश २ का कोषाध्यक्ष राकेश कुमार यादव, जिल्ला अध्यक्ष किशोरी यादव, मधेश पत्रकार महासंघका अध्यक्ष दिनेश यादव, युवा फोरमका जिल्ला अध्यक्ष कौशर खान मिथिला, विद्यार्थी फोरमका केन्द्रीय सदस्य ललन यादवसहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ