नेपालगन्ज, ९ असोज । संघीय समाजवादी विद्यार्थी फोरम प्रदेश नं. ५ को अध्यक्षमा ओम प्रकास यादव निर्वाचित भएका छन् ।
असोज ७ गते बाँकेको नेपालगंजमा सम्पन्न प्रथम प्रदेश अधिवेशनले ओमप्रकाश यादवको नेतृत्वमा ४० सदस्यीय कार्यकारिणी समिति चयन गरेको छ । त्यस्तै सम्पन्न अधिवेशनले उपाध्यक्षमा मो. सुयब अन्सारी र निर्भय सिंहलाई चयन गरेको छ ।
त्यस्तै सचिवमा कमलेश माली, हिमानी थापा मगर र मन्तशा बानोलाई चयन गरेको छ । कोषाध्यक्षमा श्रृष्टि यादवलाई चयन गरेको निर्वाचन समिति संयोजक नविन सुनवारले बताएका छन् ।
विद्यार्थी फोरमको राष्ट्रिय महाधिवेशन आगामी असोज २१ देखि तीन दिनसम्म जनकपुरमा हुँदैछ । हाल महाधिवेशनको तयारी अनुरूप विद्यार्थी फोरमको संगठन पुनर्गठन तथा विस्तार भइरहेको विद्यार्थी फोरमका राष्ट्रिय सचिव रिता यादवले बताइन् ।
नवनिर्वाचित कार्यसमितिलाई संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा प्रदेश नं. ५ का संसदिय दलका नेता सहसराम यादव, प्रदेश नं. ५ का सहईन्चार्ज नविन सुनवार, विद्यार्थी फोरमका राष्ट्रिय सचिव रिता यादव लगायतले सफल कार्यकालको शुभकामना दिएका छन् ।
तपाईको प्रतिक्रिया