विदेशमा कालो धन जम्मा गर्नेलाई कारवाहीको माग

राजनीति

1/17/2019

काठमाडौं, ३ माघ । मुलुकको अर्थतन्त्र कमजोर हुँदै गइरहेको अवस्थामा अवैध तरिकाबाट देश बाहिर कालो धन जम्मा गर्नेलाई कारवाही गर्न विवेकशील साझा पार्टीले माग गरेको छ । बिहिबार पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै गैरकानूनी धन्दाको यथाशिघ्र विश्वसनीय र निष्पक्ष छानविन गरी कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

देशभित्रको अर्बौंको ‘कालो धन’ लाई ट्याक्स हेभेन भनेर चिनिएका देशमा अवैध तवरबाट जम्मा गरी वैदेशिक लगानीका रुपमा ‘सेतो धन’ बनाएर फेरी नेपाल भित्र्याउने र कानून विपरित विदेशमा लगानी गर्ने बारे प्रमुख दैनिकहरुमा महत्वकासाथ प्रकाशित समाचारप्रति विवेकशिल साझा पार्टी गंभिर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा उल्लेख छ ।


कुशासन र भ्रष्टाचारको दिनहुँका समाचारले मुलुकको भविष्यप्रति नागरिकमा चरम निराशा छाईरहेको अवस्थामा ठुलो स्तरमा ‘कालो धन’ लाई ‘सेतो बनाउने’ र देशको कानून विपरित विदेशमा लगानी गर्ने कार्यले समग्र अर्थतन्त्रलाई नै धरासायी बनाउने डरलाग्दो अवस्था सिर्जना भएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ