विपि चिन्तन नै मुलुकको समृद्धि : खाण

राजनीति

1/1/2019

मणि प्रसाद गैह्रे, कपिलवस्तु, १६ पुस । नेपाली कांगे्रसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाणले वि.पिको चिन्तन गरे मात्र नेपाली समाजमा विकास र समृद्धी हुने बताएका छन् ।

नेपाली कांगे्रस कपिलवस्तुले तौलिहवामा आयोजित ४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा खाणले यस्तो धारणा व्यक्त गरेका हुन् ।

बामपन्थी नेताले समेत आज वि .पि.को सिद्धान्त समाजवाद अँगालेको हुंदा यो सर्वमान्य सिद्धान्त भएकोसमेत उनले बताए ।

नेपालमा जन्मिएका वि.पि. कोइराला र गौतम वुद्धका सन्देश उपदेश नेपालको विकास कार्यशैली र सामान्य नागरिकको हकहित र आचरणसँग सम्बन्धित भएको हुँदा इतिहास र वर्तमान र भविष्यमा उक्त विचारहरु अमर रहने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ