विभेदकारी संविधान स्वीकार हुँदैन : राज्यमन्त्री मण्डल

राजनीति

9/19/2018

रौतहट, ३ असोज । रौतहटको सदरमुकाम गौरमा राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै काला दिवस मनाएका छन् ।

पूर्वघोषित कार्यक्रमअनुसार राजपा कार्यकर्ताहरुले कालो दिवस मनाएका हुन् । पहाड हिमालमा संविधान दिवस मनाइरहेको बेला तराई मधेशमा मधेशी दलका कार्यकर्ताहरुले संविधानको विरुद्धमा कालो दिवस मनाएका छन् ।

सयौँको संख्यामा राजपा कार्यकर्ता सहभागी भएको रैली नगर परिक्रमा गर्दै मधेशी क्रान्ति चौकमा कोण सभामा परिणत भएका थिए । सभाको सम्बोधन गर्दै प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले अधिकारविहीन संविधान मधेशी जनतालाई स्वीकार्य नहुने बताएका छन् ।

संघीय सरकारले अधिकार विनाको प्रदेश बनाएर विभेद कायमै राखेको बताउँदै राज्यमन्त्री मण्डलले मधेशी, जनजाति, आदिवासी, मुस्लिम, महिलालाई अधिकारबाट बंचित गरेर बनाएको संविधानको विरुद्धमा कालो दिवस मनाएका बताए । आफ्नै सहकर्मीको कारण कमजोर भएको बताउँदै एक मधेशी विरोध गरिरहेका छौ भने अर्को मधेशी संविधानको समर्थन गरेको टिपण्णी गरे ।

रामायण, महाभारतको उदहारण दिँदै राज्यमन्त्री मंडलले संघीय सरकारलाइ समयमा संविधान संशोधन गर्न आग्रह गरे । उनले भने घमण्डको कारण कौरव, रावणको नष्ट भएको हुदा संविधान संशोधन गरी हकÞ अधिकार सुरक्षित नगरे आजको मधेश भोली नहुन पनि सक्ने चेतावनी दिए ।

अधिकार सहितको जीवन जिऊँन खोजी रहेकोले अधिकार नदीए सम्म संघर्ष जारी राख्ने उल्लेख गरे । कार्यक्रममा राजपाका निर्वा्चित जनप्रतिनिधिहरु सहित पार्टीका कार्यकर्त्ताहरु सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ