विभिन्न पार्टी परित्याग गरी सयौ नेता तथा कार्यकर्ता राजपामा प्रवेश

राजनीति

10/5/2018

राजविराज, १९ असोज । तत्कालिन फकिरा गाबिस का भुपु अध्यक्ष तथा नेकपाका नेता बिशेश्वर यादब सहित दर्जनौ नेता तथा कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरी राजपामा प्रवेश गरेका छन् ।

राजगढ गाउँपालिका वडा नम्वर ६ फकिरामा बिहिबार आयोजित पार्टी प्रबेश कार्यक्रम राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादबले नेपाली काँग्रेस, जनमोर्चा सहित बिभिन्न पाटी परित्याग गरि राजपा प्रवेश गरेकाहरुलाई फुलमाला लगाई स्वागत गरेका छन् ।

राजपा प्रवेश गर्नेहरूमा गाबिस फकिरा वडा नम्वर ६ का भुपु वडा अध्यक्ष कमरूदिन शेख, बिहारी खाँ, टेकलाल साह, समसाद खाँ, बासुदेब यादब, सुकदेब यादब, श्याम यादब, सहित दर्जनौ नेता तथा कार्यकर्ता रहेका छन् ।

राजगढ गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष तथा राजपा नेता कमलदेब यादबको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रदेश २ का राज्यमन्त्री सुरेश मण्डल, सप्तरी क्षेत्र नम्वर ३ का सासंद चन्द्रकान्त चौधरी, सासंद रानी मण्डल, प्रदेश सासंद नेत्रबिक्रम साह, बिदेश्वर प्रसाद यादब, राजपा महामंत्री बिनोद सिँह, सहमहामंत्री गजेन्द्र मण्डल, किसोर कुमार यादब, सुनिल झा, युवा नेता शंभु यादब लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी बिहीबार नै राजपा अध्यक्ष मण्डलका सदस्य यादब, प्रदेश राज्यमन्त्री सुरेश मण्डल लगायतका पार्टीका नेताहरूको उपस्थितिमा डाक्नेश्वरी नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा, नेपाली काँग्रेस, संघिय समाजवादी पार्टीका सयौं नेता तथा कार्यकर्ता राजपामा प्रवेश गएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ