वाम सरकार विफल : नेता सिंह

राजनीति

11/18/2018

कपिलवस्तु, २ मसिंर । नेपाल कांग्रेसका नेता एव पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले जनभावना अनुसार काम गर्न नसकेको बताएका छन् ।

नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले सामान्य घटना तथा समस्या पनि समाधान गर्न नसक्ने अवस्थामा आएको सरकारले मुलुकको हितमा काम गर्न नसक्ने बताए ।

कानुन निर्माण गरि नियमित काम गर्नुको साटो ठुलो माछा समाउँछु भनेर जनतामा भम्र छर्ने तर सानो माछा समेत समात्न नसकेको उनले बताए । वर्तमान सरकारले सवृद्धिको नारा मात्र लगाउने तर सवृद्धि हुने कुनै काम नगरेकको उनले बताए ।

हत्या हिंसाको नियन्त्रण गर्न नसक्नु, आरोपिलाई कारवाही गर्न नसक्नु तथा राजश्व परिचालन र खर्च समेत गर्न नसक्नु जस्ता कामले कुनै उपलब्धी मुलक कार्य गर्न नसकी सरकार विफल भएको उनले बताए ।

त्यस्तै कागे्रंसका सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवस्थित र विधान संगत चलाउनुको साटो विधान बाहिर गएर बहुमतको आधारमा पार्टीलाई चलाउँदा कांग्रेस कमजोर भएको सिंहले बताए ।

पार्टीमा छलफल र हित र आम जनता र कार्यकर्ताको पक्षमा लागेर निर्णय र कम गर्नुको साटो म वलियो छु र मेरो बहुमत छ भनी काम गर्दा पार्टीमा समस्या आएको बताए । पार्टी विधानमै नभएको व्यवस्था भएर विजय कुमार गच्छदारलाई उपसभापति वनाई विधानलाई लत्याएको समेत सिंह आरोप लगाए ।

कार्यक्रममा केन्द्रिय सदस्य रामकृष्ण यादवले मधेशको समस्या समाधान गर्ने र सविधान संसोधनको नाममा मधेसवादी दल सरकारमा गएर संविधानको पनि स उच्चारण नगरी मधेसी जनतालाई पटक पटक छल गरेको बताए ।

त्यस्तै अर्का सदस्य हृदयराम थानीले वर्तमान सरकारले निर्मला पन्तको घटनालाई वाहिल ल्यान नसक्नु र प्रधानमन्त्रीले १० वर्ष पनि अनुसन्धान हुन्छ भनी अभिव्याक्तिले सरकारको काम हत्या हिंसालाई दिएको वढवा पुष्टि भएको बताए ।

नेपाली कागे्रस कपिलवस्तुका सभापति सुरेन्द्रराज आर्चायको सभापतित्वमा सम्पन्न कार्यकर्ता भेलामा काठमाण्डौ सभापति सुवोध वानिया ,पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय,प्रदेश सभा सदस्य दिना विक ,पुर्व सचिव हुमकान्त खनाल लागयत वोलेका थिए ।

पार्टी सचिव प्रेम बहादुर रायमाझिको संचालन र सदस्य रवि काफ्लेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा भातृ संस्थाका प्रमुख प्रतिनिधी तथा कार्यकर्ता गरी हजारौ सख्यामा कार्यकर्ताहरुको उपस्थती रहेको नेपाली काग्रेस कपिलवस्तुले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ