वीरगंज, १४ पुस । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेशको समग्र विकासको निमित प्रतिवद्ध रहेको बताएका छन् ।
विरंगज ११ स्थित राष्ट्रिय विद्यापिठ श्रीपुरमा आयोजित प्रदेश स्तरीय पुस्तकालय भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समाजको समग्र विकासको लागि प्रदेश सरकारले विरगंजमा प्रदेश स्तरीय पुस्तकालयको स्थापना गर्न लागेको उल्लेख गरे ।
उनले पुस्तकालयको स्थापनाले बालक देखी वृद्ध सम्मलाई अध्ययनप्रति रुचि जगाउने र यसले अध्ययनगर्नेहरुमा सकारात्मक सोचको विकास हुने जिकिर गरे ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार पहिलो चरणमा पुस्तकालयको लागि ५० लाख रकम छुट्याएको उल्लेख गर्नु हुँदै यस पुस्तकालयलाई आत्याधुनिक बनाउन अगामी दिनमा थप बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाए ।
एक फरक प्रसंगमा मुख्यमन्त्री राउतले संघीय सरकार अहिले जनतालाई कन्फ्युजनमा पार्ने काम गरि रहेको उल्लेख गरे ।
उनले जनकपुरमा निर्माण भई रहेको रामजानकी अन्तराष्ट्रिय रंगशाला प्रदेश स्तरीय नभई संघीय सरकारको लागानीमा निर्माण भई रहेको स्पष्ट गर्दै विरगंजको नारायणी रंगशालालाई प्रदेश सरकारले अगामी दिनमा अन्तराष्ट्रिय स्तरकै रंगशालाको रुपमा विकास गरिने जनाए ।
तपाईको प्रतिक्रिया