विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन

राजनीति

1/1/2020

इस्लामाबाद, १६ पुस । मृत्युदण्डको फैसला सुनाइएका पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफले विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएका छन् ।

विशेष अदालतले उनलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको फैसला सुनाएको थियो । ७६ वर्षीय नेता मुशर्रफमाथि ६ वर्षदेखि देशद्रोहको मुद्दा चल्दैआएको थियो ।

मुशर्रफले शुक्रबार लाहोर अदालतमा विशेष अदालतको फैसलाविरुद्ध ८६ पेज लामो निवेदन दिएका हुन् ।

मुशर्रफको पुनरावेदनमाथि न्यायाधीश मजहिर अली अकबर नक्बीको पूर्ण इजलासले जनवरी ६ का दिन सुनुवाइ हुने बताइएको छ ।

पाकिस्तानको इतिहासमा मृत्युदण्डको सजाय पाउने मुशर्रफ पहिलो सैन्य प्रमुख हुन् । तत्कालिन प्रधानमन्त्री नवाज सरिफको सरकारलाई अपदस्थ गर्दै मुशर्रफ १९९९ मा सत्तामा आएका थिए । र २००८ सम्म उनले शासन चलाए । एजेन्सी

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ