शक्ति, सत्ता र सम्पतिमा महिलाको पहुँच नभएसम्म महिला हिंसा अन्त नहुने : उपप्रम यादव

राजनीति

12/1/2018

जनकपुरधाम, १४ मंसिर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शक्ति, सत्ता र सम्पतिमा महिलाको पहुँच नभए सम्म महिला माथि हुँदै आएको हिंसा अन्त्य नहुने बताएका छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा जनकपुरमा आयोजित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले सामाजिक समानताको अवधारणा लागू गरिए मात्र लैङ्गिक हिंसा अन्त हुने बताए ।

उनले हाम्रो कु परम्परा र गलत रितिरिवाजहरुले नै महिला हिंसालाई बढावा दिएको उल्लेख गर्दै यसका लागि समाजलाई अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले पितृ सतात्मक सोचको कारण लैङ्गिक हिंसामा वृद्धि भई रहेको उल्लेख गरे । उनले अहिले महिला मात्र नभई पुरुष, तेस्रोलिङ्गीहरु समेत हिंसामा परि रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ