शैक्षिक माफियाविरुद्ध अनिश्चितकालीन रिले अनसन

राजनीति

9/23/2018

सर्लाही, ७ असोज । पूर्वघोषित आन्दोलनको कार्यक्रमअनुसार शनिबारदेखि शैक्षिक माफियाहरु विरुद्ध अनिश्चितकालीन रिले अनसन थालिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालनिकट विद्यार्थी विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले शिक्षामा रहेका विकृतिहरुलाई सुधारका लागि बारम्बार ध्यानाकर्षण गराइएका पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर रिले अनसन बस्नुपरेको जनाइएको छ ।

विद्यार्थी संघको आन्दोलनमा राजपा नेपाल सर्लाही, कविलासी नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, मधेशी पत्रकार समाज, ससफो नेपाल निकट शिक्षक संगठन संघीय शिक्षक फोरम सर्लाही, राजपा नेपाल निकट शिक्षक संगठन नेपाल लोकतान्त्रिक शिक्षक फेडरेसन सर्लाही, नेपाली काँग्रेस निकट नेपाल शिक्षक संगठन,आडरा नेपाल संस्था, नागरिक समाज, सर्लाही टाइम्स पत्रिका जस्ता संघसंस्थाले ऐक्यबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ