जनकपुरधाम, १२ मंसिर । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शिक्षासम्बन्धि नीति बनाउने अधिकार प्रदेश सरकारलाई हुनु पर्ने बताएका छन् ।
उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले बुधबार जनकपुरधाममा आयोजना गरेको सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश भित्रको शिक्षा नीतिमा एकरुपता ल्याउन समेत यो आवश्यक रहेको बताए ।
विगतमा राज्य तहबाट भएको विभेदको कारण मधेशको शिक्षा स्तर खस्किएको उल्लेख गर्दै उनले संविधानले दिएको अधिकारलाई अंगिकार गर्दै प्रदेश सरकार शिक्षा नीतिमा अगाडी बढने प्रतिवद्धता जनाए ।
उनले विगत जस्तै यो आयोग पनि नामको मात्र नहोस त्यस तर्फ आयोगका सदस्यहरुलाई सचेत भन्नु ,‘ तपाईहरुले यस्तो नीति बनाई दिनु प¥यो जसलाई प्रदेशले सहजै अंगिकार गरोस् ।’
मुख्यमन्त्री राउतले पारम्परिक शिक्षा भन्दा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर नीति निर्माणमा अघी बढ्न आयोगलाई सुझाव दिए ।
शिक्षा विद् एवं आयोगका सदस्य डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरका उपप्रमुख रिता झा सहितको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया