काठमाडौं, १९ पुस । प्रतिनिधिसभामा राजपा नेपालकी सांसद रानी मण्डलले तराई मधेशका जनता चिसोबाट प्रभावित भएकाले सरकारलाई राहतको व्यवस्था गर्न आग्रह गरेकी छन् ।
सांसद मण्डलले संसदको शून्य समयमा बोल्दै भनिन, ‘तराईमा जनता चिसोले कठ्यांग्रिएको छ । गरिबलाई शीतलहरको कहरबाट बचाउन सरकारले कपडा र आगोको व्यवस्था गरोस् ।’
त्यसैगरी सांसद मण्डलले मधेशमा गहुँ बालीको लागि मलखादको व्यवस्था गर्न पनि माग गरिन् । उनले मधेशका जनता कृषि पेशामा रहे पनि मलखादको अभाव भएको बताइन् ।
तपाईको प्रतिक्रिया