काठमाडौं, १० मंसिर । राज्यविप्लवको मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको मुद्दामा आज पनि कुनै फैसला हुन सकेन ।
आज फैसला हुने भनिएपनि बुधबार उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको हो ।
डा. राउतका दाई जयकान्त राउतले बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिट अनुसार डा.राउतलाई सर्वोच्च अदालतमा झिकाइएको थियो ।
पटक–पटक गरी राउतको फैसला सर्दै गइरहेको छ । कागजात अपुग भएको भन्दै डा. राउतले तारिख मात्रै पाउँदै आएका छन् ।
डा. राउत गत असोज ११ गते रौतहट जिल्ला अदालतमा राज्य विप्लवकै मुद्दामा तारिख लिन जाँदा प्रहरीले पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया