पर्सा, ८ मंसिर । गैरआवासीय सङ्घ नेपालका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालीले सङ्कल्प गरे मुलुकलाई चाँडै समृद्ध बनाउन सकिने बताएका छन् ।
निजी विद्यालय सङ्घ (प्याब्सन) पर्साले वीरगञ्जमा आयोजना गरेको अन्तर विद्यालय टी ट्वान्टी नकाउट क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, “नेपाललाई समृद्ध बनाउन विदेश चाहिँदैन, नेपालीले सङ्कल्प गरेपछि मुलुकको विकास गर्न सकिन्छ ।”
वरिष्ठ उद्योगपतिसमेत रहेका डा महतोले नेपाललाई स्वास्थ्य, शिक्षा र खेलकूदको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने उल्लेख गर्दै नेपालजस्तो प्राकृतिक, साँस्कृतिक, भौगोलिक विविधतायुक्त मुलुक विश्वमा थोरै मात्र रहेकाले आफ्नो शक्तिको सदुपयोग गरे नेपाल छिटै नै समृद्धि हासिल गर्ने बताए ।
तपाईको प्रतिक्रिया