सीके राउतले छोडे ‘स्वतन्त्र मधेश’को एजेन्डा, सरकारसँग गरे ११ बुँदे सहमति (सहमतिपत्रसहित)

राजनीति

3/8/2019

काठमाडौं, २४ फागुन । नेपालबाट मधेशलाई अलग गरेर छुट्टै राष्ट्र निर्माण गर्ने अभियानमा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले नेपाल सरकारसँग सहमति गरेका छन् ।

शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहका नेपाल सरकारद्वारा आयोजित ‘राजनीतिक सहमति घोषणा कार्यक्रम’बाट विधिवत्रुपमा स्वतन्त्र मधेशको एजेन्डा समाप्त भएको हो ।

गठबन्धनका संयोजक डा.राउत र नेपाल सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ११बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा.राउतले अब आफूहरुले मुख्य लक्ष्य विकास र समृद्धि रहेको बताएका छन् । उनले विकास र समृद्धिका लागि सबैलाई साथ दिन आग्रहसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ