कपिलवस्तु, १४ पुस । पछिल्लो समय काठमाडौंमा बसेको स्वतन्त्र राजनीतिक समूहको बैठकले निर्देश गरेअनुसार नै आउने केहि दिनमा वडा, गाउँपालिका, नगरपालिका र जिल्लास्तरीय कमिटी गठन गर्ने तयारी भइरहेको जानकारी गराइएको छ ।
देशमा विद्यमान विभेद, शोषण, दमन र उत्पीडनको अन्त गरि सार्थक संघीयताको कार्यान्वयन संविधानमा आवश्यक संशोधन र किसानका जटिल समस्या आदि उद्देश्य लिइ स्थापित भएको स्वतन्त्र राजनीतिक समूहले अबका केही दिनमा कमिटी गठन गर्ने तयारी तीब्र हुने नेता ईश्वर दयाल मिश्रले जानकारी दिएका छन् ।
उक्त समूहसँग आबद्ध सबै निष्ठावान ,आस्थावान नेता तथा कार्यकर्ता आआफ्नो स्तरबाट प्रचार प्रसारमा लागी सबै तहको कमिटी गठन गर्ने तर्फ लाग्नु पर्ने उक्त समूहसँग आबद्ध नेता पूर्वमन्त्री मिश्रले जानकारी संगै अपिल गरेका छन् । कमिटी स्वतन्त्र राजनीतिक समूह नै रहि गठन गर्न लागिएको जानकारी गराएको छ ।
तपाईको प्रतिक्रिया