जनकपुरधाम, १२ मंसिर । संघीय समाजवादी मुस्लिम फोरमले प्रदेश नं. २ मा संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको छ ।
मुस्लिम फोरमका प्रदेश अध्यक्ष शेष सैदुल्लाको अध्यक्षतामा बुधबार सम्पन्न प्रदेश नं. २ को प्रदेश कमिटीको बैठकले पौष मसान्तभित्र जिल्ला कमिटीहरुको पुनर्गठन तथा अधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठकले मुस्लिम फोरमको प्रदेश कार्यालय समेत जनकपुरमा संचालन गर्ने निर्णय गरेको संचिव हविव मंसुरीले जनाएका छन् ।
बैठकमा मुस्लिम फोरमका केन्द्रीय अध्यक्ष मो. नुरुल होद्दा, पार्टीका प्रदेश सचिव सलाउद्दिन अहमद सहितको विशेष उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया